प्रेरक प्रसंग : खुसीको खोजी
nayapatrikadaily.com · Fri Nov 03 00:54:00 GMT 2023
प्राचीन भादगाउँको एउटा गाउँमा एकजना वृद्ध बस्थे । उनी जहिल्यै उदास देखिन्थे । उनको जीवनमा गुनासै गुनासा मात्र थिए । उनी खुसी भएको गाउँलेले कहिल्यै देखेका थिएनन् । वृद्ध गाउँलेहरूदेखि जहिल्यै आक्रोशित भइरहन्थे । उनी केही न केही भनेर सबैलाई गाली गरिरहन्थे । उनको यस्तो बानीबाट सारा गाउँ दिक्दार भइसकेको थियो । मानिसहरू उनको नजिक पर्नबाट जहिल्यै तर्किन्थे । उनका गुनासा सुन्न र गाली खान पर्ला भनेर गाउँले उनको आँगनमा टेक्नसम्म पनि डराउँथे ।
दिन बित्दै गए । गाउँलेले पनि उनलाई झेल्दै गए । हुँदाहुँदा उनी एक दिन ८० वर्षको उमेरमा प्रवेश गरे । उनले ८०औँ जन्मदिन मनाएको केही दिनमै एउटा अविश्वनीय घटना भयो । त्यस घटनाबारे गाउँभरि बिजुलीवेगमा हल्ला फैलियो । वृद्ध निकै खुसी देखिन्छन् । उनको अनुहारमा मुस्कान छ । सबैसँग मिलनसार भएर नम्र व्यवहार गर्छन् । कसैलाई गाली गर्दैनन् भन्ने हल्लाले सिंगो गाउँमै तरंग ल्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)