मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्तब्यस्त शासन र संकटउन्मुख देश

rajdhanidaily.com · Sun Aug 01 23:26:57 GMT 2021

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन प्राप्त नेपालको लोकप्रिय सरकारलाई अपदस्थ गरी लोकतन्त्रलाई समाप्त गर्दै यसको विकल्प विकास हो भन्ने आधारमा शासन सञ्चालन गरेका तत्कालीन राजा महेन्द्र, २०४६ सालमा सफल जनआअन्दोलनमार्फत प्राप्त संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र, २०६३ सालको जनआन्दोलनका उपलब्धिका रूपमा प्राप्त गणतन्त्रका सरकारले गरेका काम कारबाहीबारे नेपालको इतिहास साक्षी छ । विभिन्न कालखण्डका जनता यसका वास्तविक मूल्यांकनकर्ता हुन् । यस अवधिमा लोकतन्त्रको व्यवहारमै नागरिकले अनूभूति गर्न सकेको अवस्था रहेन ।

पञ्चायती शासनमा अभ्यस्तता दिएका र यिनैवाट प्रताडितको संयुक्त रूपमा शासन सञ्चालन विगत ३२ वर्षदेखि भइराखेको छ । जनताका नजरमा बदनामबाट शासित हुन नेपालीले आफ्नो नियतीका रूपमा स्वीकार गर्नुपर्ने स्थिति छ । जनता बदनाम राजनीतिक पात्रको विकल्प दिन असफल छन् । निर्वाचनको एक दिन यिनैलाई समर्थन गर्छन् र जनादेश प्राप्त अवधिभर आफंैले निर्वाचित गरी पठाएकाहरूको आलोचना र विरोध गर्दै पछुताइराखेका छन् । यस अवस्थामा देश गुज्रिएको छ । सुधारका संकेतसम्म पनि अनुभूति गर्न सक्ने वातावरण तयार भएको छैन । यस आलेखलाई यही सेरोफेरोमा केन्द्रित गराउने प्रयास गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)