मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैसा बाँडेको आरोपसहित सुनिल शर्माविरुद्ध उजुरी

nagariknews.nagariknetwork.com · Wed Jan 28 13:59:01 GMT 2026

नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावी प्रचारका क्रममा पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो।

सोही क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेद्वार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख रुपैयाँ दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरीमा मतदाता प्रभावित पार्ने उद्देश्यले रकम दिनु निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै कारबाहीको माग गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)