मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मकवानपुर गोल्डकपमा दुई टोली थपिए

ekantipur.com · Tue May 31 00:45:41 GMT 2022

मकवानपुर — यसै साताबाट हेटौंडामा सुरु हुने चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ मा भाग लिने टोलीको संख्या १२ पुगेको छ । यसअघि आयोजकले १० टोली सहभागी हुने जनाए पनि सोमबार पुनः पत्रकार सम्मेलनमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज क्लब थपिएको जनाएको हो ।

प्रतियोगिता समापन मिति पनि दुई दिन सरेको छ । अब जेठ १९ देखि ३० सम्म प्रतियोगिता हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका १० स्थानीय तहको सहयोगमा हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । एक विदेशी क्लबले पनि भाग लिनेछ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, फ्रेन्ड्स, खुमलटार युथ क्लब, नव जनजागृति सिमरा, वाग्मती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा र चितवन–११ टिम प्रतिस्पर्धी हुनेछन् । विदेशी क्लबमा एभिनियर एफसी क्यामरुन रहेको छ । प्रकाशित खेल तालिकाअनुसार उद्घाटन खेलमा सर्लाही र सिमराबीच प्रतिस्पर्धा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)