गाजाकाे अस्पतालमा भएको आक्रमणप्रति सरकारको निन्दा, वार्ताबाट निकास खाेज्न आग्रह
thahakhabar.com
काठमाडौँ : सरकारले गाजाको एक अस्पतालमा बुधबार निर्दोष नागरिकको हत्या भएकामा स्तब्ध भएको जनाउँदै त्यसको निन्दा गरेको छ। साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिएको छ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)