मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला : आवश्यकता र चाहनाले जन्माएको सपना

ekantipur.com · Sat Jun 17 01:14:53 GMT 2023

तिलोत्तमा — शारजहाँ क्रिकेट मैदान भन्नेबित्तिकै जोडिएर आउने नाम हो, अब्दुल रहमान बुखातिर । शेख परिवारमा जन्मिएका उनी अलिक फरक थिए । उनले पाकिस्तानबाट माटो लगेर आफ्नो स्वामित्वमा शारजहाँ क्रिकेट रंगशाला बनाए । एउटा व्यक्तिले बनाएको प्राइभेट क्रिकेट रंगशालाले सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिसकेको छ ।

सन् १९८२ मा निर्माण भएको शारजहाँमा २ सय ४६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना भइसकेको छ । अन्य कुनै मैदान भने २ सय खेल आयोजनाको छेउछाउ पुग्न सकेका छैनन् । दुई वर्षअघि त यही मैदानमा ट्वान्टी–२० विश्वकप खेल नै आयोजना भयो । भारत–पाकिस्तानबीचको क्रिकेटको रन्को पनि धेरै हदसम्म शारजहाँले तताएको थियो । भारत र पाकिस्तानबीचको खेल भन्ने बित्तिकै धेरैले पाकिस्तानी जावेद मियादादले अन्तिम बलमा चेतन शर्मालाई छक्का प्रहार गरेर विजयी रन बटुलेको सम्झन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)