मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

ratopati.com · Fri Nov 14 18:44:00 GMT 2025

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्य प्रवाहबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)