संखुवासभामा चट्याङ लागेर एक महिलाको मृत्यु
baahrakhari.com · Sun Jun 28 17:02:24 GMT 2026

किमाथांका (संखुवासभा) । संखुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
वर्षा र हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)