खाँदबारी–नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम
baahrakhari.com · Wed Feb 14 01:03:01 GMT 2024
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्रे गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रेको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोसी सडक आयोजनाले अनुसार किमाथांका–रानी सडकको उक्त खण्डमा ठेक्का लागेको दुई वर्ष बित्दा पनि २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।
ठेक्का लागेको दुई वर्ष बित्दा करिब २८ प्रतिशतमात्रै काम भएको उत्तर–दक्षिण कोसी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए । ३९ किलोमिटर कालोपत्रेका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो । तीन खण्डको निर्माणको जिम्मा शर्मा–शिवशक्ति जेभी चितवनले पाएपछि निर्माणकार्य कछुवागतिमा छ । तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल–थामसेर्कुेसम्म ३६ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । दोस्रो खण्डअन्तर्गतको थामसेर्कुे–कप्तानेसम्म हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । त्यसैगरी तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी जिरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)