मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जर्मनीमाथि फ्रान्सको संघर्षपूर्ण जित

pahilopost.com · Tue Jun 15 21:08:05 GMT 2021

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'एफ'को दोस्रो खेलमा फ्रान्सले जर्मनीमाथि जित निकालेको छ। जर्मनीको एलिनाज एरेनामा सम्पन्न समूह 'एफ'को खेलमा फ्रान्सले घरेलु टोलीमाथि १-० को जित निकालेको हो।

खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट हमेल्सको आत्मघाती गोलबाट फ्रान्सले अग्रता बनाएको थियो। लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्राममा उनी आफ्नै पोस्टमा प्रहार गर्न पुगेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)