मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्रीको दाबी: भन्सार मूल्यांकन प्रणाली परिवर्तनले सकारात्मक प्रभाव आयो

nagariknews.nagariknetwork.com · Wed Jan 28 11:54:30 GMT 2026

अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्यांकन प्रणालीमा ल्याएको परिवर्तनले सकारात्मक परिवर्तन देखाएको दाबी गरेका छन्। बुधवार फेसबुकमार्फत अर्थमन्त्री खनालले यस्तो दाबी गरेका हुन्।

‘भन्सार मुल्यांकनमा प्रयोग गर्ने गरेको सन्दर्भ पुस्तिका खारेज गरी कारोबारमा आधारित मूल्यांकन प्रणाली सुरु गरेपछि आएको परिवर्तनको द्रुत प्रभाव मूल्यांकन गर्दा भन्सार परिपालनामा सकारात्मक परिवर्तन आएको पाइएको छ,’ अर्थमन्त्री खनालले लेखेका छन्,‘निजी क्षेत्रले यो सुधारलाई संस्थागत गर्न पुर्‍याएको सहयोगका लागि धन्यवाद!’

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)