युक्रेनको २० प्रतिशत भूभाग ‘रूसको कब्जामा’
annapurnapost.com · Fri Jun 03 00:41:00 GMT 2022
किभ (एएफपी) : रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको दाबी युक्रेनले गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, ‘हाम्रो कुल भूभागको झन्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ।’ देशको पूर्वी सीमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ।
युक्रेनमा आन्दोलनरत पृथकतावादीलाई पहिले पनि रूसको सहयोग र समर्थन रहेको आरोप युक्रेनले लगाउँदै आएको छ। लक्जम्बर्गमा सांसदहरूलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफूहरू सधैं संघर्ष गरिरहनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)