सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा
gorkhapatraonline.com · Sat Sep 26 17:26:50 GMT 2026

भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन् ।
बाढी गएको एक महिना बितिसक्दा यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीहरू प्रभावित भएको रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङ बताउनुहुन्छ । उहाँका अनुसार बाढी आउनु अगाडि सहज रूपमा सामान ढुवानी हुने गरेको र बजार मूल्य सस्तो थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)