प्रधानमन्त्रीको निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती
farakdhar.com · Wed Jan 10 16:24:16 GMT 2024
काम प्रभावकारी नभएको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार राजनीतिक नियुक्ति लिएर आएका र अन्य मन्त्रालय, कार्यालय र संस्थानबाट काममा आएका सचिवालयका कर्मचारी कटौती गरिएको हो । दाहाल प्रधानमन्त्री चयन भएपछि सल्लाहकार, विज्ञ र अन्य गरी ३५ जना नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)