प्रश्नपत्र चुहावट घटना : छानबिन समिति विघटन गरी नयाँ बनाउन स्ववियुको माग
barnanmedia.com · Sun Jul 26 23:14:14 GMT 2026

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिको परिचय सार्वजनिक भएको छ । प्रहरी अनुसन्धानका अनुसार प्रश्नपत्र चुहाउने व्यक्ति सन्दीप सिंह रहेको खुलेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरिएको छ । उनीमाथि प्रश्नपत्र चुहावटमा संलग्न रहेको आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)