मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

ratopati.com · Sat Sep 26 17:47:25 GMT 2026

सुनसरी । इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ ।

इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा विकास परियार र साजन बर्देवाले गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)