‘कर्मकाण्डी छानबिन होइन, हवाई सुरक्षाको प्रष्ट योजना ल्याऊ’
onlinekhabar.com · Sun Jan 15 16:50:39 GMT 2023
१ माघ, काठमाडौं । ७२ जना सवार यती एयरलाइन्सको ‘९एन एएनसी एटीसआर ७२-५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा पर्यो । कम्तिमा ६९ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले सबै स्तब्ध छन् ।
सरकारले पनि आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर राखेर भोलि सोमबार शोक विदा दिने निर्णय गर्नुका साथै पूर्वसचिव नागेन्द्र घिमिरे नेतृत्वको छानविन आयोग पनि बनायो । पाँच सदस्यीय आयोगलाई दुर्घटनाको कारण पत्ता लगाउनुका साथै भोलिका दिन अपनाउनुपर्ने सावधानीबारे सुझाव दिन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)