करोडौं खर्चका शीत भण्डारमा किसानकै छैन पहुँच
ekantipur.com · Sat Jul 01 00:52:46 GMT 2023
काठमाडौँ — सरकारले शीत भण्डार र कोल्ड चेम्बरका लागि आर्थिक वर्ष ०७८/७९ मा २० करोड ८२ लाख ६६ हजार खर्चियो । कोल्ड चेम्बर र शीत भण्डारकै लागि ०७९/८० मा ७ करोड ४७ लाख खर्च भयो । आगामी आर्थिक वर्ष ०८०/८१ का लागि पनि थप १० करोड ७४ लाख ५२ हजार विनियोजन गरिएको छ । यो बजेट केन्द्र सरकारको मात्रै हो ।
यी विविध शीर्षकमा प्रदेश सरकारले पनि करोडौं रुपैयाँ खर्चिंदै आएका छन् । किसानको उपजलाई भण्डारण गर्ने उद्देश्यले वार्षिक करोडौं रुपैयाँ अनुदान खर्च भए पनि किसानले लाभ लिन सकेका छैनन् । संघ र प्रदेश सरकारले बनाउन लागेका र बनाएको शीत भण्डार अनि कोल्ड स्टोर किसानको पहुँचमा नरहेको जानकार बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)