मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा नवलपुर अधिवेशन रोक्न मागसहित उजुरी

baahrakhari.com · Sun Jun 07 07:31:49 GMT 2026

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला अधिवेशन रोक्न मागसहित उजुरी परेको छ । नवलपुरमा आज (जेठ २४) पार्टी अधिवेशन हुने तय छ ।

रास्वपा गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी र प्रदेश संगठन विभाग प्रमुख कृष्णप्रसाद लम्सालले केन्द्रीय निर्वाचन आयोगत्रलाई पत्र लेख्दै आवश्यक छानबिनको माग गरेका छन् । पत्रमा नवलपुर अधिवेशनका क्रममा कार्यविधिविपरीत प्रतिनिधिको नामावली प्रकाशन गरिएको उजुरी प्राप्त भएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)