बजार अनुगमन गरेर कारबाही र जरिवाना उठ्छ, तर हुँदैन सुधार
kendrabindu.com · Mon Jul 27 00:38:26 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष २०८२/८३ मा ५ सय ३७ वटा फर्मलाई जरिवाना तिराएको छ । बजारमा गैरकानुनी तथा उपभोक्ता हितविपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कारबाहीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।
विभागका अनुसार यस वर्षमा ९ सय ६५ वटा अनुगमन टोली परिचालन गरी ४ हजार ४ सय ८१ वटा फर्मको अनुगमन गरिएको थियो । जसमा कागजात माग गरिएको फर्म ३ सय ६२ निर्देशन दिइएको फर्म ३ हजार ४ सय ६२ निर्देशन सामान्य अवस्थामा रहेको फर्म १ सय १५ र सामान फिर्ता पठाइएको फर्म एउटा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)