मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हस्तकला उद्यमीलाई विनाधितो ऋण

abhiyandaily.com

औद्योगिक मानुषी नामक गैरसकारी संस्थाले हस्तकला उद्योगी र व्यवसायी महिलालाई विनाधितो ऋण दिने भएको छ । कम आय भएका उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले यसरी विनाधितो ऋण दिने व्यवस्था गर्न लागिएको संस्थाका अध्यक्ष पद्मासना शाक्यले बताइन् ।

नेपाल हस्तकला महासंघ र मानुषीको सहकार्यमा यस्तो ऋण दिने कार्यको थालनी गर्न लागिएको हो । संस्थाको सदस्यता लिएका महिलाले रू. ५० हजारसम्मको ऋण एक वर्षभित्र तिर्ने शर्तमा लिन सक्छन् । ‘त्यस्ता महिलालाई किस्ताबन्दीमा पहिलो पटक रू. १५ हजार, दोस्रो पटक रू. १५ हजार र तेस्रो पटक रू. २५ हजार ऋण दिइनेछ,’ शाक्यले भनिन् । उनले चाडपर्व र अन्य मौसममा रू. १० हजारसम्म मौसमी ऋण सुविधाको समेत व्यवस्था गरिएको जानकारी दिइन् । शाक्यका अनुसार २० प्रतिशत ब्याजदरमा दिइने त्यस्तो ऋण किस्ताबन्दीमा पनि बुझाउन सकिन्छ । कार्यक्रमअन्तर्गत ३० जना ग्रामीण महिलाको समूह गठन गरी १५ दिनमा ६ जनालाई ऋण दिने व्यवस्था गरिने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)