मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोहोरको चुनौती सबै महानगरमा उस्तै

ekantipur.com · Wed Jun 08 00:55:45 GMT 2022

चितवन, विराटनगर, पोखरा‚ वीरगन्ज — संघीय राजधानी काठमाडौं महानगरमा बल्ल मंगलबारदेखि फोहोर उठ्न थालेको छ । उपत्यकाबाहिरका अन्य चार महानगरको व्यवस्थापन पनि दीर्घकालीनरूपमा योजनाबद्ध छैन । काठमाडौंको तुलनामा चितवनको भरतपुर, मोरङको विराटनगर, पर्साको वीरगन्ज र कास्कीको पोखरामा फोहोर सडक र घरमै थुप्रिँदैन । तर, उचित प्रयोग पनि छैन ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदीलाई पवित्र मानेर नित्य नुहाउने र पूजा गर्नेहरू पनि उत्तिकै छन् । तर, महानगरबाट दैनिक निस्कने फोहोर नारायणी किनार लगेर पुर्ने गरिएको छ । नारायणी पुलपारि गैंडाकोटबाट नदी किनारतर्फ दुई किलोमिटर पश्चिम पुगेपछि तटबन्ध जस्तो देखिन्छ । यो तटबन्ध नभएर महानगरको फोहोरको थुप्रो हो । बस्तीबाट निकै पर भएका कारण यहाँ फोहोर लगेर फाल्दा विरोध छैन । हिउँदसम्म फोहोर मिल्काउन पाइन्छ । तर, बर्खामा भेल बढेर ट्र्याक्टरले मझुवासम्म जाने बाटो पाउँदैनन् । अनि महानगरलाई फोहोर व्यवस्थापनको समस्या आइलाग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)