मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमृतको ह्याट्रिक स्वर्ण

ekantipur.com · Tue Oct 18 01:18:06 GMT 2022

पोखरा — गण्डकी प्रदेशका अमृत थापामगरले स्क्वासतर्फ पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सोमबार फाइनलमा अमृतले वाग्मतीका अरहन्तकेशर सिंहलाई ३–२ को सेटमा हराए । खेल अमृतले १२–१०, ८–११, १२–१०, ९–११, ११–८ सेटले जिते ।

राष्ट्रिय खेलकुदमा अमृतले लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेका छन् । उनले सातौं र आठौंमा पनि स्वर्ण जितेका थिए । अमृतसँग अरहन्तले लगातार दोस्रो पटक हार बेहोर्दै रजतमै चित्त बुझाए । वाग्मतीका अमिर ब्लोन र गण्डकीका दीपक थापाले कांस्य पदक जिते । स्क्वासमा दुई विभागीय टोली र ५ प्रदेशका पुरुषतर्फ २५ र महिलातर्फ ७ खेलाडीले भाग लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)