मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा एक पुरुष मृत अवस्थामा फेला

onlinekhabar.com · Thu Jun 04 13:23:05 GMT 2026

२१ जेठ, काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै बिहीबार पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने ८२ वर्षीय कृष्ण बल मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय