फोहोरमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज नगरी नेपाली सेनाले लग्यो
nagariknews.nagariknetwork.com · Thu Jun 04 13:09:40 GMT 2026

पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा ३ वटा बेवारिसे बम फेला परेको हो । विहीबार विहान फोहोर बोक्ने गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले बम भेट्टाएकी थिईन् । भेट्टाइएका तीन वटामध्ये २ वटा घातक स्टन ग्रिनेड र एउटा कम घातक स्मोक ग्रिनेड भएको प्रहरी स्रोतले बताएको छ ।
भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम डिस्पोज (निस्कृय) नपारी लिएर गएको हो । अनुसन्धानका लागि सेनाले लिएर गएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए । बम नै त नभनौं, त्यसलाई हामी शंकास्पद बस्तु भन्छौं,उनले भने,‘दुई वटा घातक र एउटा कम घातक खालको स्मोक ग्रिनेड हो भन्ने सेनाको भनाई छ । त्यसैले थप अनुसन्धानका लागि लैजानुपर्ने भयो भनेर लिएर गए ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)