"हामी १० कित्ता आईपीओ पारेर बिक्री गर्ने पटके लगानीकर्ता हैन, नियमित कारोबारी हौं ,३९% कर सिमा मान्य छैन "
arthasansar.com
आन्तरिक राजस्व विभागको विज्ञप्तिपछि पनि लगानीकर्ताको आन्दोलनको कार्यक्रम जारी नै रहने लगानीकर्ता तिलक कोइरालाले अर्थसंसारलाई जानकारी दिएका छन्।
"हामी १० कित्ता आईपीओ पारेर बिक्री गर्ने पटके लगानीकर्ता हैन, हामी नियमित कारोबार गर्ने लगानीकर्ता हौं । हामीलाई ३९ प्रतिशत कर सिमा मान्य छैन । आन्तरिक राजश्व विभागको दोस्रो प्याराग्राफ र बजेट बक्तब्य तथा आर्थिक विधयेक राम्रोसँग अध्ययन गरेर यकिन गर्नुहोस्, लगानीकर्तालाई फकाउन र फाटो पार्न जारी गरिएको कथित बक्तब्यबाट भ्रमित नहुनुस । मन्त्रिपरिषदले पारित गरेको, बजेट बक्तब्य, आर्थिक विधयेकमा उल्लेख भएको र संसदको सम्पति बनिसकेको दस्तावेजमा उल्लेख भएको कुरा आन्तरिक राजश्व विभागको बक्तब्यले काट्न सक्दैन । एफपीओ, मर्जर, बोनस, २०७६ देखिकै कर फाईल गर्नुपर्ने भूतप्रभावी लगायतका कयौं सवालहरु छन् । भोलि १० बजे कमलपोखरीमा भेटौं, नत्र धोका खाईएला ।" कोइरालाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)