मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइएमएफले नेपाललाई थप साढे ६ अर्ब ऋण दिने

arthasansar.com

नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)बाट विस्तारित कर्जा सुविधा (एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ)अन्तर्गत थप साढे ६ अर्ब कर्जा पाउने भएको छ । आइएमएफको कार्यकारी बोर्डले इसिएफअन्तर्गतको सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ताबापतको कर्जासमेत पाउने भएको हो ।

कार्यक्रमअन्तर्गत तय गरिएको तथा आइएमएफको सर्तअनुसार नेपालले सुधारका कार्यक्रम अघि बढाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो । यसअन्तर्गत नेपालले एसडिआर ३१.३२ मिलियन (करिब ४२.९ मिलियन अमेरिकी डलर)बराबरको कर्जा पाउने भएको हो । यो भनेको शुक्रबारको विनिमयदरअनुसार ६ अर्ब ५० करोड ४४ लाख रुपैययाँबराबर हुन आउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)