बेलायत नेपालमा लगानी बढाउन तयार
ekantipur.com · Thu Apr 18 16:55:41 UTC 2024

काठमाडौँ — लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’
बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत फेनले भने, ‘बेलायत नेपालको मानवीय विकासका लागि सँधै नै प्रयत्नशील मित्र हो, । तर, लगानीका लागि चाहिँ अनुकूल नीति र संयन्त्रको विकास गर्नु पर्ने देखेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)