मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’

ekantipur.com · Wed May 29 23:57:21 UTC 2024

काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेलाई बुधबारदेखि कारबाहीका क्रममा ट्राफिक स्वयंसेवक बनाएर एक घण्टा सडकमै खटाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले मंगलबार सामाजिक सञ्जालमा महिला ट्राफिक महिनावारीका बेला ४ दिन खट्न नपर्ने र उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाइने घोषणा गरेका थिए ।

नागरिकलाई नियम उल्लंघन गरेकै आधारमा ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउन थालिएसँगै सामाजिक सञ्जाल र समाजमा बहस सुरु भएको छ । विभिन्न तप्काका मानिसले मिश्रित प्रतिक्रिया जनाइरहेका छन् । उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार मापसे, लेन अनुशासन, द्रुत गति, ट्राफिक बत्तीको उल्लंघन लगायत कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा परिचालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)