नारायणीमा डुबेर एक युवाको मृत्यु
ekantipur.com · Thu May 30 02:25:12 UTC 2024
नवलपुर — पूर्वी नवलपरासीमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गैडाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट गाउँपालिका १४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो ।
माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले बताए । माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)