बजेटका उज्याला-अँध्यारा पक्षहरू
ekantipur.com · Thu May 30 02:11:29 UTC 2024

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारको वार्षिक बजेट घोषणा भएको छ । दुई वर्षदेखि शिथिल रहेको अर्थतन्त्रलाई यसले केही हदसम्म शक्तिको सञ्चार गर्न सक्छ कि भन्ने आशा सबै क्षेत्रबाट राखिनु स्वाभाविक हो । समष्टिगत अर्थतन्त्रलाई धेरै हदसम्म प्रभाव पार्न सक्ने भएकाले यसबाट सरकारले मुलुकको अर्थतन्त्रको वर्तमान प्रवृत्तिलाई कसरी लिएको छ र यसलाई दिशानिर्देश गर्ने सवालमा उसका कार्य योजना कस्ता छन् भन्नेबारेमा मोटामोटी सूचना आएको छ ।
प्रत्येक आर्थिक वर्षमा बजेटलाई आफ्नो साधन, स्रोत र क्षमताको ख्याल नगरी बढी महत्त्वाकांक्षी बनाउँदै लैजाने प्रवृत्तिमा हाल प्रस्तुत गरिएको बजेटले केही नियन्त्रण गर्ने सकारात्मक प्रयास गरेको छ । १९–२० खर्ब हाराहारीको बजेट बनाउने सुरुवाती प्रयासलाई नियन्त्रण गर्दै यस बजेटले वास्तविक धरातलमा टेकेर आउने जमर्को गरेको छ र १८ खर्ब ६१ अर्ब हाराहारीको बजेट निर्माण गरिएको छ । तर चालु आर्थिक वर्षको साढे १० महिनाको अन्तरालमा सरकारको वित्तीय प्रगति हेर्दा बाँकी रहेको डेढ महिनामा चालु खर्च, पुँजीगत खर्च र राजस्व संकलन सबै ३० प्रतिशतको हाराहारीले वृद्धि हुने अर्थ मन्त्रालयको संशोधित अनुमान पनि वास्तविकतामा परिणत हुन मुस्किल देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)