श्रमाधान कल सेन्टर : सेवाग्राहीको चाप बढी, स्रोत साधनको कमी
ratopati.com · Thu May 30 01:07:00 UTC 2024

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘श्रमाधान कल सेन्टर’ मा सेवाग्राहीको चाप बढ्न थालेको छ । श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्न गत वैशाख १६ गते कार्यविधि जारी गरिएको थियो । सोही आधारमा वैदेशिक रोजगार बोर्डको सचिवालयमा कल सेन्टरमा सञ्चालनमा छ । त्यसअघि श्रम मन्त्रालयमै कल सेन्टर सञ्चालनमा थियो । बोर्डमा कल सेन्टर राखिएसँगै गुनासोको चाप ह्वात्तै बढेको छ ।
दैनिक एक सयको हाराहारीमा गुनासा तथा उजुरी आउने गरेको थियो । तर, अचेल सरदरमा दैनिक ३०० गुनासा आउने गरेको श्रमाधान कल सेन्टरकी सुपरभाइजर सरिना महर्जनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)