१२ औं राष्ट्रिय जनगणना शुरू
newsofnepal.com · Thu Nov 11 01:09:43 GMT 2021
ईश्वरराज ढकाल, काठमाडौं ।
‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको गणकसहितको टोली बिहान साढे ९ बजे शीतल निवास पुग्नेछन् । त्यसपछि उक्त टोलीले बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गर्नेछ । तथ्यांक विभागको टोली दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवास पुग्ने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)