सन्थाल समुदायको अधिकार स्थापित गरेरै छाड्छु : नेता सिटौला
ratopati.com
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।
झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा ,मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवन स्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गरे । अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्त नभइ समाजवादको अनुभूति नहुने भन्दै कांग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सबै पीडा र समस्या हल गर्ने प्रष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)