मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ईपीएल : ब्राइटनलाई हराउँदै आर्सनल शीर्षस्थानमा उक्लियो

Ujyaaloonline.com · Mon Dec 18 00:50:07 GMT 2023

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । इमिरेट्स स्टेडियममा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको हो ।

आर्सनलका लागि गाब्रियल जिसस र काइ हभार्ट्जले एक-एक गोल गरे । शीर्ष स्थानको आर्सनलले ३९ अङ्क बटुलेको छ । दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लासँग समान ३८ अंक छ । ब्राइटन २६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)