पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ
barnanmedia.com · Sat Sep 26 21:15:00 GMT 2026

झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ । घटनामा संलग्न भएको आरोपमा स्पेनमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले शनिबार जनाएको छ ।
क्याटालोनियाको क्षेत्रीय प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार जबरजस्ती विवाह गराउने उद्देश्यले मानव बेचबिखन गरेको आशङ्कामा ४१ र ४५ वर्षीय दुई पुरुषलाई जुलाई २१ मा बार्सिलोना विमानस्थलबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)