सुनसरी झडप अपडेटः १५ जना सुरक्षाकर्मी घाइते, ५ जनाभन्दा बढी भेला हुन रोक
nepalviews.com · Mon Jul 27 03:15:46 GMT 2026

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता रहेका छन्।
सुरक्षा अधिकारीहरूका अनुसार, कप्तानगञ्जस्थित मन्दिरमा ठूलो स्वरमा डिजे बजाएको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो। त्यसअघि सोही क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयले उक्त विवादलाई थप चर्काएको र स्थिति झडपमा परिणत भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)