नागमती बाँध निर्माण प्रक्रिया सुरु
gorkhapatraonline.com · Sat Jan 13 00:25:20 GMT 2024
मूलखर्क (काठमाडौँ), पुस २८ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका मूलखर्कमा प्रस्तावित नागमती बाँधको निर्माण प्रक्रिया अगाडि बढेको छ । बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको अन्तिम चरणमा छ ।
बाँध निर्माण गरिने ठाउँको स्थलगत अनुगमनका क्रममा बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इन्जिनियर निश्चल छत्कुलीले भन्नुभयो, “बाँध निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट स्वीकृति प्राप्त भइसकेको छ । वन तथा वातावरण मन्त्रालयमा इआइएको प्रतिवेदन पेस भइसकेको छ ।” प्रतिवेदनबारे सुझाव दिन मन्त्रालयले यसअघि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । मन्त्रालयले बनाएको वातावरणीय प्रतिवेदन सुझाव समितिबाट सुझावसमेत प्राप्त भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)