एमाले उपाध्यक्ष पौडेलको दाबी : ०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्था अन्त्य गर्छौं
farakdhar.com · Tue Apr 09 16:56:05 UTC 2024

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गरिने बताएका छन् ।
एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले ०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताए । एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै उनले मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)