मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘लो स्कोरिङ’ खेलमा लखनउविरुद्ध बैंग्लोरको सानदार जित

farakdhar.com · Tue May 02 00:41:18 GMT 2023

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा बैंग्लोरले गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १८ रनले हरायो । लखनउले भने शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

आफ्नो नवौँ खेलमा बैंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउ १९.५ ओभरमा १ सय ८ रनमै अलआउट भयो । उसका लागि कृष्णप्पा गौतमले २३, अमित मिश्राले १९, कृणाल पाण्ड्याले १४, मार्कस स्टोइनिस र नवीनउल हकले १३/१३ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)