मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

८७ अंकले बढ्यो नेप्से, कारोबार रकमको साथ

nayapatrikadaily.com · Tue Oct 26 00:34:00 GMT 2021

सेयर बजार परिसूचक नेप्से ८७ दशमलव ६३ अंकले बढेको छ । परिसूचक दुई हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेर बन्द भएको हो । बैंकको ब्याजदरमा राष्ट्र बैंकले घटाउने निर्देशन दिएपछि बजार बढेको हो । लगानीकर्ताले बुलिस ट्रेन्डको अवस्था नसकिएको अहिले प्रस्ट भएको बताउने गरेका छन् । नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि विगतको भन्दा तुलानात्मक सुधार आएको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ३० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, नबिल बैंक लिमिटेड रहेका छन् । यी कम्पनीको १६ करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्मको सेयर खरिद–बिक्री भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)