चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन
ratopati.com · Sat Sep 20 17:54:00 GMT 2025

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दसैँ, तिहार तथा छठ पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडा दरभन्दा बढी नलिन निर्देशन दिएको हो ।
चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)