कति प्यारा दिदीबहिनी
annapurnapost.com · Wed Jun 09 06:01:00 GMT 2021
चितवन : माउबाट छुट्टिएका दुई गैंडाका बच्चा दिदीबहिनीजस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किरहेका छन्। एउटाको नाम पुष्पा र अर्कोको अञ्जली राखिएको छ। यी दुईबीचको उमेर अन्तर तीन महिनाको छ। पुष्पाको उमेर ६ महिना र अञ्जलीको उमेर तीन महिना भयो। यी दुवैका माउ भने अलग–अलग हुन्। यिनका अभिभावक हुन् वन्यजन्तु प्राविधिक लालबहादुर महतरा।
यी दुई गैंडा बिहानदेखि बेलुकासम्म छुट्टिँदैनन्। एकअर्कालाई नदेखे कराइहाल्छन्। दिउँसो डुल्दा वा चर्दाचर्दै थकाइ लागेर पुष्पा सुत्दा अञ्जली पनि छेउमै गएर सुत्छे। खोलामा नुहाउने, चर्ने, डुल्ने काम सँगै गर्छन्। एउटा जता जान्छ अर्को उतै पछ्याउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)