समृद्धि फाइनान्सका ग्राहकलाई थर्टी टु क्याफेमा छूट
abhiyandaily.com
काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनी र थर्टी टु क्याफे एण्ड कफी स्टेशनबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकले उक्त क्याफेमा १० देखि १२ प्रतिशतसम्म छूट पाउनेछन् । कम्पनीका ग्राहकले फूडमा १० प्रतिशत र बेभरेजमा १२ प्रतिशतसम्म छूट पाउने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका मुख्य व्यवस्थापक विनोदराज पौडेल र थर्टी टु क्याफे एण्ड कफी स्टेशनका म्यानेजर अमन ऐयरले हस्ताक्षर गरेका छन् ।
काठमाडौंको पुतलीसडकमा रहेको सो क्याफे स्वादिष्ट खानेकुराका लागि प्रसिद्ध रहेको दाबी गरिएको छ । सम्झौताबाट फाइनान्सका ग्राहक लाभान्वित हुने कम्पनीका कामु प्रमुख व्यवसाय प्रवर्द्धन विकास अधिकृत सुरजकुमार सर्राफले बताए । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तर्गत ७२ महीनामा निक्षेप दोब्बर हुने योजना यसअघि नै सार्वजनिक गरेको थियो । फाइनान्सले १० वर्षमा निक्षेप तेब्बर, १५ वर्षमा पाँच गुणा र २० वर्षमा आठ गुणा हुने योजना समेत सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)