साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
ratopati.com · Mon Jul 27 04:26:38 GMT 2026

भक्तपुर । साउन महिनाको दोस्रो सोमबार भक्तपुर जिल्लाको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा आराधनाका लागि व्रतालु र श्रद्धालुको उल्लेखनीय भीड लागेको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानैदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजासामग्री चढाएर पूजा–आराधनामा सहभागी भएका छन्। हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान् शिवको आराधना गर्ने परम्परा रहिआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)