पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?
ratopati.com · Sun Jun 07 07:51:06 GMT 2026

पोखरा । पोखरा बसपार्कको संरचना खाली गर्न पोखरा महानगरपालिकाले दिएको अल्टिमेटम सकिएको छ । यही समयमा महानगरले सुकुमबासी समस्या समाधानका लागि गठन गरेका विभिन्न समितिले तदारुकताका साथ काम गरिरहेका छन् ।
एउटा समितिले प्रतिवेदन बुझाइसकेको छ भने अरू समितिले पनि आफ्नो जिम्मेवारीको काम अन्तिम चरणमा पुर्याइसकेका छन् । सुकुमबासी स्थानान्तरण गर्न जग्गा सिफारिस गर्न गठित समितिले २२ गते नै महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो । समितिले पोखराका विभिन्न ६ ठाउँमा जग्गा सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
पोखरा महानगरपालिका
धनराज आचार्य