रातोपाटीकर्मी शाही सम्मानित
ratopati.com
रातोपाटी डटकमका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाही सम्मानित भएका छन् । शुक्रबार वीरेन्द्रनगरको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ९ औं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।
पत्रकार शाहीलाई सहकारीका क्षेत्रमा कलम चलाएको भन्दै ‘उत्कृष्ट पत्रकार’ को रुपमा सम्मान गरिएको संस्थाका अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए । पत्रकार शाही विगत चार वर्षदेखि वीरेन्द्रनगरमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)