पचास महिलालाई लेखापढी तालिम
ekagaj.com · Sun Sep 05 17:21:57 GMT 2021
वीरेन्द्रनगर – सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले महिला लेखापढी उत्पादनमा जोड दिएको छ । नगरपालिकाले ५० जना महिलालाई तालीम दिएर लेखापढी उत्पादनमा जोड गरेको हो । नगरपालिकाको न्यायिक समितिले आइतबारदेखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई सो तालीम दिन सुरु गरेको हो ।
तालीम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखापढी परीक्षा सञ्चालन गर्ने र उक्त परीक्षा उत्तीर्ण गर्नेलाई प्रमाणपत्र उपलब्ध गराइने नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालीम दिइएको उनको भनाइ छ । ‘महिलाहरू पनि लेखापढी व्यवसाय गर्न सक्षम छन् भन्ने देखाउन हामीले यो तालीमको आयोजना गरेका हौं ।’ नगरउपप्रमुख ढकालले इकागजसँग भनिन्, ‘अहिले बेरोजगार रहेका नगरक्षेत्रका महिलाहरू तालीमपश्चात् स्वरोजगार बन्नुहुनेछ । यो तालीम महिला स्वरोजगारसँग जोडिएको हुँदा नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)