सरकारी खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल
aarthiknews.com · Thu Sep 23 00:19:00 GMT 2021
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले बुधबार कम्पनीको प्रादेशिक गोदाममा रहेको झण्डै दुई हजार क्विन्टल चामल सिल गरेको हो ।
कार्यालयले जिल्ला प्रशासन, प्रहरी प्रतिनिधिका साथै उपभोक्ता अधिकारकर्मीको रोहबरमा नमूना सङ्कलन गरेको छ । डिभिजन कार्यालयका प्रमुख खाद्य निरीक्षक भेषबहादुर थापाले सङ्कलित नमूना प्रयोगशाला पठाइने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)