कालीगण्डकीको बाढीले पुलको पहुँच मार्ग बगायो
barnanmedia.com · Sat Sep 26 22:45:31 GMT 2026

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँच मार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेश मार्गको सम्पर्क विच्छेद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)